बिर्तामोड  / भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपालमा चिनी तस्करहरू सक्रिय बन्न थालेका छन् । यसैबीच झापाको दमक नगरपालिका –६ बाट भन्सार छली गरेर ल्याएको करिब ७० बोरा चिनी प्रहरीले बरामद गरेको छ । 

शनिबार दिउँसो ४ : ३० बजे भारतबाट नेपाल प्रवेश गरेको मे१ख १५३९ नम्बरको पिकअपबाट भन्सार छली गरेर भित्र्याइएको चिनी प्रहरीले बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

उक्त चिनी इलाका प्रहरी कार्यालय दमकको टोलीले बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । 

गिरीका अनुसार शंकास्पद अवस्थाको पिकअप नियन्त्रणमा लिएर खानतलासी गर्दा ठुलो परिणाममा तस्करीको चिनी फेला परेको हो । भेनका चालक भने फरार भएका छन् । 

१ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरि अक्टोबर ३१ सम्म भारतले आफ्नो मुलुकबाट हुने चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।