काठमाडौं / भारतले विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको समेत अभाव हुन सक्ने संकेत देखिएको छ ।  

चिनी आयात गर्दा पनि बजारसम्म आउन कम्तीमा ६ महिना लाग्ने भएकाले चाडपर्वको सिजनमा चिनीको उपलब्धतामा कमी आउने संकेत देखिएको होे । 

OM Sai Pathibhara Hospital

नेपालका चिनी उद्योगहरूसँग अहिले करिब ५० हजार मेट्रिक टनको मात्रै मौज्दात रहेको छ । जसले करिव साढे २ महिनाको मात्र माग धान्ने चिनी मिल्स एशोसियसनका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन् ।

उनले चिनीको आयात व्यवस्थित नहुँदा राजश्व गुमाउँदै आएको समेत बताएका छन् । 

नेपाली बजारमा वार्षिक औद्योगिक र उपभोगमा गरी खपत भइरहेको कुल २ लाख ५० हजार मेट्रिक टन चिनी मध्ये १ लाख ३० हजार मेट्रिक टन स्वदेशी उत्पादनले धानिरहेको छ । 

१ लाख २० हजार मेट्रिक टन भने भारतसहित विभिन्न मुलुकबाट आयात हुने गरेको छ । नेपालका चिनी मिल्सको उत्पादन क्षमता वार्षिक ५ लाख मेट्रिक टन रहेको छ । 

गत वर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो भने उखुको सहज उपलब्धता भएको समयमा नेपाली उद्योगहरूले ३ लाख मेट्रिक टनसम्म चिनी उत्पादन गरेका थिए ।