काठमाडौं / नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक र पूर्व डेपुटी गभर्नर नियुक्त भएका छन् । समितिमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको छ । शिवाकोटी यसअघिका डेपुटी गभर्नर रहेका छन् भने आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक समेत रहेका छन् । 

OM Sai Pathibhara Hospital

श्रीराम पौडेल र रामजी रेग्मीले अवकाश पाएपछि राष्ट्र बैकको सञ्चालक समितिमा दुई सञ्चालक पद रिक्त रहेको थियो ।

स्थानीय तह चुनावअघि नै सञ्चालकमा शिवाकोटी र आचार्यको नाम सिफारिस गरिएको भएपनि निर्वाचन आयोगले स्वीकृति प्रदान नगरेपछि दुवैको नियुक्ति रोकिएको थियो ।