काठमाडौं / स्थानीय तह निर्वाचनमा उम्मेदवारले गरेको खर्चका कारण बजारमा नगदको प्रवाह बढेको छ ।

बैशाख महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप समेत घटेको अवस्थामा स्थानीय तहको निर्वाचनका कारण नगद प्रवाह बढेको हो । 

OM Sai Pathibhara Hospital

नेपाल राष्ट्र बैंकले बैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको जनाएको छ । 

चैत मसान्तसम्ममा ६ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो भने बैशाख महिनामा ६ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा महानगरका मेयर पदका प्रत्यासीले साढे ७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । तर, उम्मेदवारले त्योभन्दा बढी खर्च निर्वाचनमा गरेपछि नगद प्रवाह बढेको हुन सक्ने आकलन गर्न सकिन्छ ।