काठमाडौँ  / मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले आयल निगम घेराउ गरेका छन् ।

नेपाली कांग्रेसनिकट नेबि संघ तथा विभिन्न कम्युनिस्ट पार्टी निकट विद्यार्थी संघगठनहरू, वैज्ञानिक समाजवादी विद्यार्थी संघठन, राप्रपानिकट राष्ट्रवादी विद्यार्थी संघ लगायत विभिन्न १५ वटा विद्यार्थी संघ–संघठनले हालै भएको पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका गरेका हुन् ।

OM Sai Pathibhara Hospital

विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामासमेत माग गरेका छन् । आइतबार रातिदेखि लागू हुनेगरि सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ ।