काठमाडौं / सरकारले आगामी वर्षभित्रमा थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ ।   

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २ वर्षमा सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएकी छिन् ।  

OM Sai Pathibhara Hospital

विद्युत वितरण प्रणाली सुदृढ एवं भरपर्दो बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘२५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउँदै बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा निर्माण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यस्तै सरकारले पश्चिम सेती ,तल्लो अरुण, सेती रिभरको निर्माण कार्य सुरु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।