काठमाडौं / सरकारले नवप्रवर्तनमा आधारित उद्योग व्यवसायको स्टार्टअपमा सहजीकरण गर्ने भएको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्द्धनका आधारित स्टार्टअप स्थापना र सञ्चालनमा सहजीकरण गर्ने बताएकी छिन् ।  

OM Sai Pathibhara Hospital

सरकारले बौद्धिक सम्पत्ति अधिकारको सुनिश्चित गर्ने तथा लागत घटाएर निर्यात प्रोत्साहन गर्ने समेत जनाएको छ । 
 
युवा उद्यमीलाई स्वदेशमा उद्दम गर्न प्रोत्साहित गर्नका लागि परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।