काडमाडौँ / नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३३ रुपैयाँ र खरिददर १२३.७३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्रा विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।

यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.७७ रुपैयाँ र खरिददर १३२.१३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५६.६३ रुपैयाँ र खरिददर १५५.८८ रुपैयाँ छ । 

OM Sai Pathibhara Hospital

अस्ट्रेलियन डलरको बिक्रीदर ८८.५५ रुपैयाँ र खरिददर ८८.१२ रुपैयाँ, सिंगापुर डलरको बिक्रीदर ९०.५९ रुपैयाँ र खरिददर ९०.१५ रुपैयाँ, जापानी येनको बिक्रीदर ९.७५ रुपैयाँ र खरिददर ९.७० रुपैयाँ, चिनियाँ युवानको बिक्रीदर १८.७० रुपैयाँ र खरिददर १८.६१ रुपैयाँ रहेको छ । 

यस्तै, साउदी रियालको बिक्रीदर ३३.१४ रुपैयाँ र खरिददर ३२.९८ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०७ रुपैयाँ र खरिददर ३३.९१ रुपैयाँ रहेको छ ।