काठमाडौँ / सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने र जेठ ९ देखि १३ सम्म थाईल्याण्डको बैङ्ककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दिलबहादुर गुरुङको नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय बैठकले निर्णय गरेको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने, सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने, प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समुहको प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

त्यस्तै स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने, कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धी गठन आदेश २०७८ स्वीकृत  दिने, वन नियमावली २०७९ स्वीकृत गर्ने, सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको