काठमाडौं / सेयर बजारमा गत साताको सुरुवातदेखि देखिएको तीव्र गिरावटले सोमबारको कारोबारमा समेत निरन्तरता पाएको छ।

जलविद्युत, होटल तथा पर्यटन तथा बीमा उपसमूह अन्तर्गतका कम्पनीमा बिक्रेता हावी हुँदा आज परिसूचक ३४.२१ अंक घटेको हो।

OM Sai Pathibhara Hospital

कारोबार बन्द हुँदा परिसूचक २२००.८८  को विन्दुमा ओर्लिएको छ। अहिलेसम्मकै उच्चतम ३२२७ अंकको बुलबाट झरेको बजारले सोमबार त्यसयताको न्यूनतम विन्दुलाई परिक्षण गरेको छ।

आजको कारोबारमा नेप्से परिसूचक १.५३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.३१ प्रतिशत अर्थात ५.६९ अंकले घटेर ४२९ दशमलव ०५ अंकमा ओर्लिएको छ । 

बजार परिसूचक ३४ अंकले घट्दा कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा १ अर्ब ३६ करोड बराबरको सेयर कारोबार भएको छ। आज १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १ सय ९२ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर २८ हजार ५ सय ६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

घट्दो बजारमा बिहीबार कारोबार भएका जम्मा १३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७८ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा बढी कमाउने कम्पनीमा गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबि डिबेन्चर, युनाइटेड आइडीआई मार्दी आर बी हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा मिथिला लघुवित्त, विन नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायत बढी गुमाउने कम्पनी रहेका छन् ।