काठमाडौं / राष्ट्रियसभाको सोमबार बसेको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ सर्वसम्मत रुपमा स्वीकृत गरिएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै , स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई सर्वसम्मतिले स्वीकृत गरेको ।