झापा / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिका प्रमुख र २ सय ९३ वटा पालिकाको उपप्रमुख पदमा जिते हासिल गरेर पहिलो स्थान छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितेर दोस्रो स्थानमा छ भने १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ । 

यसैगरी क्रमशः जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख,  लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख, नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख र जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिका प्रमुख र उपप्रमुख पद जितेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।