बिर्तामोड / कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा हुकुम सिंह राई र उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् । 

माओवादी केन्द्र , एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेका कांग्रेसका हुकुम सिंहले निकटतम प्रतिस्पर्धी एमालेका भीम प्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरेका छन् ।

OM Sai Pathibhara Hospital

हुकुम सिंहले १२ हजार ८ सय ६८ मत ल्याउँदा भीमले ९ हजार ६ सय ५३ मत ल्याएका छन् । अध्यक्ष पदका उम्मेदवार राप्रपाका विक्रम अधिकारीले ७८२ र मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर लिम्बूले ८६ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुख न्यौपानेले निकटतम प्रतिस्पर्धी माओवादीका परशुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरेकी छिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३ सय ७१ मत ल्याएका छिन् ।

राप्रपाकी तारादेवी अधिकारीले १ हजार ६४०, मङ्गोल नेशनल अर्गनाइजेसनकी जमुना चेम्जोङ्गले २ सय ३६, स्वतन्त्र गणेश बान्तवा राईले १ सय १४ र नेपाल समावेशी पार्टीका राम बहादुर थापाले ३३ मत ल्याएका छन्।

त्यसैगरी गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका केदार कटुवाल, वडा २ मा एकीकृत समाजवादीका अशोक सुब्बा, वडा ३ मा एमालेका अग्नि प्रसाद कोइराला, वडा ४ मा एमालेका चन्द्र प्रसाद भट्टराई, वडा ५ मा माओवादीका लाल बहादुर विष्ट, वडा ६ मा एमालेका नरेन्द्र भट्टराई र वडा ७ मा एमालेका पृथ्वीपती राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।