बिर्तामोड / झापाको एक पालिका गौरीगञ्जको दुवै प्रमुख पदमा महिला उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पूजन न्यौपाने (कूवर) निर्वाचित भएकी छिन् । 

राजवंशीले निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार अग्रवाल र निवर्तमान गाउँपालिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठलाई पराजित गरेकी छिन् । राजवंशीले ५ हजार ६ सय ८९ मत ल्याउँदा अग्रवालले ३ हजार ३ सय ३० र श्रेष्ठले ३ हजार ३ सय ७ मत ल्याएका छन् ।

OM Sai Pathibhara Hospital

अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रकी मेनुका राजवंशीले १ हजार ३ सय ३६, जसपाका घनश्याम रिजालले ६ सय ४९, जनमत पार्टीकी कौशिला देवी महतोले ५ सय ३१ र एकीकृत समाजवादीका भूप नारायण राजवंशी १३ मत ल्याएका छन् । 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी न्यौपानेले निकटतम प्रतिस्पर्धी काँग्रेसका मखना महतोलाई पराजित गरेकी हुन् । न्यौपानेले ४ हजार ७ सय ५५ मत ल्याउँदा महतोले ३ हजार ७ सय ९५ मत ल्याएका छन् ।

माओवादीका विद्यानन्दसिंह राजवंशीले ३ हजार ३५१, राप्रपाकी रानी सोरेनले १ हजार ६ सय ९२, जनमत पार्टीका गोपाल प्रसाद गिरीले ५ सय ३८, स्वतन्त्रका जयचन्द्र रायले ९४, जसपाका मन्नीदेवी पासवानले ९२ र स्वतन्त्र सुजन थापाले ३१ मत ल्याएका छन् ।

त्यसैगरी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदका लागि पुनः मतगणना भइरहेको छ । वडा १ मा कांग्रेसका पर्शुराम काफले र एमालेका कार्तिकलाल राजवंशीको मत बराबरी आएकोले पुनः गणना भइरहेको जनाइएको छ । 

वडा २ मा माओवादीका किनालाल राजवंशी, वडा ३ मा एमालेका श्रवण गिरी, वडा ४ मा एमालेका फेका प्रसाद गिरी, वडा ५ मा एमालेका विजय प्रसाद सिंह र वडा ६ मा कांग्रेसका बद्री नारायण यादव वडा अध्यक्षमा निर्वाचित भएका छन् ।