बिर्तामोड / झापाको गौरादह नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।  

एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत ल्याएका छन् । 

नौ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटामा वडा अध्यक्ष जितेको छ भने कांग्रेसले दुई वटा वडा जित्दा माओवादी र स्वतन्त्र एक/एक वटामा विजयी भएका छन् ।

वडा १ मा एमालेका नगेन्द्र भण्डारी, वडा २ मा कांग्रेसका गोपालप्रसाद कोइराला, वडा ३ मा स्वतन्त्र दिलीपकुमार भण्डारी, वडा ४ मा एमालेका दुर्गामणि बस्नेत, वडा ५ मा एमालेकै जगन्नाथ खनाल , वडा ६ मा कांग्रेसका तोयानाथ प्रसाईँ , वडा ७ मा एमालेकै बलराम खरेल, वडा ८ मा माओवादीका गणेशकुमार राजवंशी र वडा ९ मा एमालेका उपेन्द्र निरौला वडा अध्यक्षमा निर्वाचित भएका छन् ।