काठमाडौँ / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता सरकारसँग माग गरेको छ । 

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार जस्ता बेथितिको अन्त्य गर्नु पर्ने ठाँउमा मूल्य समायोजन गरेको भन्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो ।

OM Sai Pathibhara Hospital

आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिले जनजीवनमा सृजना गरेको कठिन परिस्थिति प्रति गम्भीर रहेको समेत सिंहले बताएका छन् ।

बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनविरोध रवैयाले सिमा नाघेको समेत क्रान्तिकारीले ठहर गरेको छ।

सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै  नेपाल आयल निगमले मूल्य बढाएको हो ।