सुनसरीको / बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनाललाई ५ हजार १ सय ३९ मतान्तरले पछि पार्दै कार्की बराहक्षेत्रको मेयरमा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

कार्कीले १९ हजार २ सय ९३ मत ल्याएका छन् भने खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भएकी छिन् । 

सुनुवारले १५ हजार ७ सय ६६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अमित गौतमले १० हजार १ सय ४४ मत प्राप्त गरेका हुन् ।

सुनसरीका १२ पालिका मध्ये ११ वटा पालिकाको अन्तिम नतिजा आएको छ। धरान उपमहानगरपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ।

सुनसरीबाट नेपाली कांग्रेसले १ उपमहानगरसहित ७ वटा पालिकामा जित निकालेको छ भने नेकपा एमालेले ३ पालिका जित्दा जसपाले १ पालिकामा प्रमुख पद जितेको छ ।