काठमाडौं / विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ ।

भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार गत वर्षको तुलनामा करिव १४ अर्बले सुनको आयातमा वृद्धि भएको छ ।  

OM Sai Pathibhara Hospital

यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

गत आवको बैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो भने गत आवको तुलनामा सुन आयातमा ५२ दशमलब ५१ प्रतिशतले वृद्धि भएको छ । 

सुनका लागि गरिने लगानी वृद्धि ६८ दशमलब ६८ प्रतिशत रहेको छ भन सुन आयातमा सरकारले आम्दानी गर्ने राजश्व ५३ दशमलब ९३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो ।

तर, वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो ।