झापा / गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको हालसम्म देशभर ७०५ पालिकाको मतगणना सम्पन्न भएको छ । अब ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । 

मतपरिणाम सकिएका पालिका मध्ये सबैभन्दा बढी प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् भने दोस्रोमा नेकपा एमालेले र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेका उम्मेद्वार विजयी भएका छन् ।  

OM Sai Pathibhara Hospital

हाल सम्म कांग्रेसले ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेका मध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । 

यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् । 

जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७, नेकपा (एकीकृत समाजवादी) ले १७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।