इटहरी / नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीमाथि आइतबार बिहान कुटपिट भएको छ । 

इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टको नेतृत्वमा आएको तीन जनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै कुटपिट गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनीहरूको कुटाइबाट सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताएका छन् । 

सुवेदीमाथि हातपात भएको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् ।