काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गरेका छन् । 

नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो। प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्विटरमार्फत् यसबारे जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ,’ देउवाले ट्विटरमा लेखेका छन् ।

भेटको क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको पनि प्रधानमन्त्री देउवाले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियालाई नेपाल भ्रमणका लागि पठाएको हो । जेठ ६ गते नेपाल आएकी जिया ८ गतेसम्म नेपालमा रहने छिन् ।