धनगढी / धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । 

आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नृपबहादुर बडलाई पराजित गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता लिइरहेका हमालले बडलाई १२ हजार ४८ मतान्तरमा हराएका हुन् । 

उप मयेयरमा एमालेकी कन्दकला राना १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै विजयी भएकी छन् । उपमेयर पदमा नै माओवादीकी शान्तिकुमारी अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गर्दै पराजित भएकी छिन् । 

माओवादीकी अधिकारीलाई रानाले उपमहानगरका ८, ९, ११ र १२ वडाको मतगणनापछि पछाडि पारेकी हुन् । उपमहानगरको ८ देखि १२ सम्मको वडामा राना समुदायको बसोवास बढी छ ।