इटहरी  / इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपप्रमुखमा भने नेकपा (एमाले)की उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छन् । 

उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याएका छन् । 

उपप्रमुखमा निर्वाचित चौधरीले विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरी विजयी भएकी हुन् ।

इटहरी उपमहानगरपालिकामा कुल एक लाख ४ हजार मतदाता मध्ये ७३ हजार ८ सय ३२ मत खसेको थियो । जम्मा २० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा प्रमुख पदमा विजयी भएपनि कांग्रेसले अधिकांश वडाहरू गुमाएको छ । 

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेस यस पटक भने केबल चार वटामा खुम्चिएको छ । नेकपा एमालेले १५ वटा वडा जितेको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।