काठमाडौं / नबिल बैंक र एनबी बैंक एक आपसमा गाभिनेका भएका छन् । 

दुवै बैंकको साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै नबिलएनवी बैंक आपसमा गाभिने भएका हुन् । 

OM Sai Pathibhara Hospital

एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेण्डाहरू सर्वसम्मत पारित भएपछि एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

नबिल बैंकका कर्पोरेट कम्युनिकेसन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताएका छन् । 

नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्ने भएको छ । त्यस्तै , नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ । 

नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा भाग्न लागेको हो । मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ भने नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रुपैयाँ छ । एनबी बैंकको भने निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रुपैयाँ छ ।