बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बलदेव सिंह गोम्देन निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसकी रञ्जिता कार्कीलाई पाच हजार ४२६ मतान्तरले पछि पार्दै गोम्देन अर्जुनधाराको नगरप्रमुख पदमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

गोम्देनले १९ हजार १६९ मत पाएका छन् भने कांग्रेसकी कार्कीले १३ हजार ७४३ मत पाएकी छिन् । 

त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेकी खड्गमाया पराजुली विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका जितेश योञ्जनलाई ८ हजार ५६६ मतले पछि पार्दै पराजुली उपप्रमुख पदमा निर्वाचित भएकी हुन् ।

खड्गमायाले १७ हजार ७१ मत पाएकी  छिन् भने योञ्जनले ९ हजार ७१ मत पाएका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ७, ८, १० र ११ मा एमालेका उम्मेद्वार विजयी भएका छन् । 

कांग्रेसबाट वडा नम्बर –१ को वडा अध्यक्षमा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्र कुमार श्रेष्ठ, ३ मा सिताराम भट्टराई, ४ मा अम्बर बहादुर कटुवाल, ५ मा गीता खड्का, ६ मा हरिसचन्द्र बास्तोला र ९ को वडा अध्यक्षमा नरेन्द्र बहादुर राई निर्वाचित भएका छन् । 

त्यस्तै एमालेबाट वडा नम्बर ७ को वडा अध्यक्षमा गोविन्द प्रसाद खतिवडा, ८ मा कुमार प्रसाद उप्रेती, १० मा भुपेन्द्र न्यौपाने र ११ को वडा अध्यक्षमा खगेन्द्र इङ्नाम निर्वाचित भएका छन् । 

५३ हजार ७४५ मतदाता रहेको अर्जुनधारा नगरपालिकामा ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ३८ हजार ५२३ अर्थात ७१.६८ प्रतिशतले मत दान गरेका थिए ।