बिर्तामोड / धरान उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् ।

चुनाव चिन्ह लौरो पाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार ९ सय ६६ मत प्राप्त गर्दै ३ हजार ९२ को मतान्तरले अग्रता कायम गरेका छन् ।

OM Sai Pathibhara Hospital

साम्पाङलाई पछ्याउँदै कांग्रेसका किशोर राईले १२ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । प्रमुखमा नै एमालेकी मञ्जु भण्डारीले १० हजार ४ सय ५२ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै र उप प्रमुख पदमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७ सय ६९ मत प्राप्त गर्दै १ हजार ५ सय १७ को मतान्तरले अग्रता कायम गरेका छन् ।

बेघालाई पछ्याउँदै एमालेका पदम ईस्वोले १४ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।