काठमाडौं / काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गणना गर्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । 

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

कुल १ लाख ८९ हजार ४ सय २० मत खसेको महानगरमा शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । 

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी रहेको छ । ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी रहेको छ भने ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी रहेको छ ।