बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिका –९, १० र ११ मा मत गणना भइ रहको छ । 

वडा नम्बर ९ मा ७०० मत गणना गर्दा वडा अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्र राईले १८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसका भीष्म मिश्रले ३९६ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै वडा नम्बर १० मा ४०० मत गणना गर्दा एमालेका भुपेन्द्र न्यौपाने नेपाली कांग्रेसका नर कुमार तामाङ भन्दा ६७ मतान्तरले अग्र स्थानमा छन् । न्यौपानेले १५१ पाएका छन् भने कांग्रेसका तामाङले ८४ मत पाएका छन् । 

त्यसैगरी वडा नम्बर ११ मा ९०० मत गणना गर्दा नेपाली कांग्रेस १५ मतले अगाडि छ । 

कांग्रेसका उम्मेद्वार जगत बहादुर मगरले ३६९ मत प्राप्त गरेका छन् भने एमालेका खगेन्द्र इङनामले ३५४ मत प्राप्त गरेका छन् । 

पछिल्लो मत परिणाम अनुसार अर्जुनधारा नगरपालिकाको मेयर पदमा एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देन अग्र स्थानमा छन् । गोम्देनले १३ हजार ३६८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी उम्मेद्वार कांग्रेसकी रञ्जिता कार्कीले ११ हजार २२८ मत पाएकी छिन् । 

त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले १२ हजार ८९७ मत पाएकी छिन् भने गठबन्धनबाट माओवादीका उम्मेद्वार जितेश योञ्जनले सात हजार १०९ मत पाएका छन् । 

अर्जुनधारा वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ को मत गणना सम्पन्न भइसकेको छ । वडा अध्यक्षमा कांग्रेसबाट वडा नम्बर १ उपेन्द्र बस्नेत, २ मा नरेन्द्र कुमार श्रेष्ठ, ३ मा सिताराम भट्टराई, ४ मा अम्बर बहादुर कटुवाल, ५ मा गिताराज खड्का र ६ मा हरिशचन्द्र बास्तोला विजयी भएका छन् । 

त्यस्तै वडा अध्यक्षमा एमालेबाट वडा नम्बर ७ मा गोविन्द प्रसाद खतिवडा र कुमार प्रसाद उप्रेती निर्वाचित भएका छन् ।