बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको नगर प्रमुखमा एमालेकी पवित्रा महतरा निर्वाचित भएकी छिन् । 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार भोजराज सिटौलालाई तीन हजार ७५८ मतान्तरले पराजित गर्दै महतरा नगर प्रमुखमा निर्वाचित भएकी हुन् । 

OM Sai Pathibhara Hospital

महतराले १६ हजार ५२० मत प्राप्त गरेकी छिन् भने कांग्रेसका सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरेका छन् । महतरा बिर्तामोड नगरकी निवर्तमान उपप्रमुख समेत हुन् । 

त्यसैगरी बिर्तामोडको उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार माओवादीका सिपी कडरियालाई सात हजार ४५१ मतले पछि पार्दै संग्रौला उपप्रमुखमा निर्वाचित भएका हुन् । 

सङ्ग्रौलाले १५ हजार ५८६ मत पाएका छन् भने कडरियाले ८४५१ मत प्राप्त गरेका छन ।

त्यस्तै बिर्तामोडको वडा नम्बर –१ २, ३, ४, ७ र ९ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ भने वडा नम्बर ५, ६ र १० को वडा अध्यक्षमा नेपाली कांग्रेस  विजयी भएको छ । वडा नम्बर ८ मा राप्रपाले जितेको छ भने बिर्तामोडमा माओवादी शून्य भएको छ । 

एमालेबाट वडा अध्यक्षमा वडा नम्बर –१ मा अग्नि प्रसाद पाण्डे, २ मा किशोर कुमार पौडेल, ३ मा मदन बुढाथोकी, ४ मा राहुल कुमार शर्मा, ७ मा कृष्ण प्रसाद खरेल र ९ मा हरि प्रसाद चौलागाईँ निर्वाचित भएका छन् ।

त्यस्तै वडा अध्यक्षमा कांग्रेसबाट वडा नम्बर ५ मा रोहित प्रसाईँ, ६ मा सूर्य प्रसाद कन्दङ्वा र १० मा दुर्योधन गुरुङ विजयी भएका छन् भने वडा नम्बर ८ को वडा अध्यक्षमा राप्रपाका अजय कार्की निर्वाचित भएका छन् ।