काठमाडौं / सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । आजै देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । 

सरकारको निर्णयसँगै आइतबार भने सेयर कारोबार नहुने भएको छ । सरकारले जेठ १ देखि नै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

OM Sai Pathibhara Hospital

सरकारको निर्णयसँगै नेप्सेले पनि शुक्रबार अन्य दिनको जस्तै कारोबार हुने तर आइतबार भने बिदा हुने निर्णय गरिसकेको छ । उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।