विराटनगर / मोरङको बेलबारी नगरपालिकाको मेयरमा दिल प्रसाद राई  निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका मेयरका प्रत्यासी महेन्द्र प्रसाद सुवेदीलाई ८०२ मतले पराजित गरेका हुन् ।

राईले १६ हजार ४२२ मत प्राप्त गरेका छन् भने सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् । २०७४ मा मेयर र उपमेयरसहित बहुमत वडा जितेको एमालेको यसपटकको परिणाम भने खुम्चिएको छ । 

OM Sai Pathibhara Hospital

उपमेयरमा नेपाली काङ्ग्रेसकी नितु थापा निर्वाचित भएकी छिन् । थापा १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी तील कुमारी नेउपाने १३ हजार ६०५ मतले पराजित भइन् । 

बेलबारीमा नेकपा एमालेले चारवटा वडाको वडाध्यक्ष जितेको छ भने कांग्रेसले ६ वटा वडा जितेको छ । माओवादी केन्द्रले एक र स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।