झापा / वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मतगणना सम्पन्न भएको छ । 

मतगणना सम्पन्न भएका पालिका मध्ये कांग्रेसले २८३ प्रमुख तथा अध्यक्ष जिते अग्रस्थानमा छ भने एमाले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेर दोस्रो स्थानमा छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै माओवादी केन्द्र १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेर तेस्रो स्थानमा छ ।  जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ भने एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।

यसैगरी लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।