बिर्तामोड / झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडा अध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ ।  

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयनारायण साहले ६ हजार ९ सय ९८ मत प्राप्त गदै पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गौरीशङ्कर राजवंशीलाई २ हजार ६ सय ३३ मतान्तरले पराजित गरेका हुन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका रुद्र बजगाईँले ३ हजार ७ सय ५५ र राप्रपाका चन्द्रबहादुर कार्कीले ३ सय २ मत प्राप्त गरेका छन् । 

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा काङ्ग्रेसकी अन्जु देवी थपलिया ५ हजार ८ सय ६८ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनले एमालेकी देवीमाया अधिकारीलाई १ हजार ४ सय ९७ मतान्तरले पराजित गरेकी छिन् ।

त्यसैगरी कांग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमाल कुमार चम्लागाईँ, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखीचन्द्र ठाकुर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

वडा ३ मा भूइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भूइँकटहर कै स्वतन्त्र कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।