बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका वडा नम्बर –६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्यप्रसाद कन्दङ्वा निर्वाचित भएका छन् । 

नेकपा एमालेका बुद्धिराम भट्टराईलाई पाँच सय ९७ मतले पराजित गर्दै कन्दङ्वा वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिर्तामोड –६ का निर्तमान अध्यक्ष समेत हुन् । 

OM Sai Pathibhara Hospital

कन्दङ्वाले एक हजार २८३ मत ल्याएका छन् भने भट्टराईले ९८६ मत ल्याएका छन् । 

त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका जीवन सापकोटा, एमालेका खेम अधिकारी, महिला सदस्यमा काँग्रेसकी गीता रेग्मी र दलित महिला सदस्यमा काङ्ग्रेसकी शोभा विक निर्वाचित भएका छन् ।