बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्धन्द्धी  नेकपा एमालेका उम्मेदवार मिरा भुर्तेललाई तीन हजार ११ मतान्तरले पछि पार्दै प्रसाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रसाईँले ११ हजार ४०३ मत ल्याएका छन् भने भुर्तेलले आठ हजार ३०२ मत ल्याएकी थिइन् । भूर्तेल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष समेत हुन् । 

त्यस्तै बुद्धशान्तिको उपाध्यक्षमा एमालेका भवानी खतिवडा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार खड्ग तिम्सिनालाई पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

खतिवडाले आठ हजार ७४ मत ल्याएका छन् भने तिम्सिनाले  ५२१६ मत ल्याएका छन् । 

त्यसैगरी गाउँपालिकाका सात वडा मध्ये १ र ७ को वडाअध्यक्षमा एमाले निर्वाचित भएको छ भने अन्य वडाको वडाअध्यक्ष कांग्रेसले जितेको छ ।