विराटनगर / मोरङको धनपालथान गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जिवछप्रसाद गच्छदार विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मुसहरु मण्डललाई २७१ मतान्तरले पराजित गर्दै गच्छदार गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

गच्छदारले ६ हजार ३२९ मत प्राप्त गर्दा मण्डलले ६ हजार ५८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नसिमा बानो निर्वाचित भएकी छिन् । बानो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । 

उनले ६ हजार २८४ मत ल्याएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उपासी राजवंशीले ५ हजार ७६७ मत ल्याएकी छन् ।

सात वटा वडा रहेको धनपालनाथ गाउँपालिकाको वडा नं. ४ र ६ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् भने वडा नं.,३,५ र७ मा माओवादी केन्द्रले जितेको छ । त्यस्तै एमालेले वडा नम्बर २ मा जितेको छ ।