काठमाडौं / नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न भन्दै परेको रिट फिर्ता लिइएको छ । तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएको भएपनि संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो ।

सुनुवाइ सुरु हुन नपाउँदै निवेदकले मुद्दा फिर्ता लिएपछि दुई बैंक बिच हुन लागेको मर्जर नरोकिने भएको छ ।  

OM Sai Pathibhara Hospital

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिव्येश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । 

कम्पनीले नेपाल राष्ट्र बैंक , नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड विरुद्ध मुद्दा हालेका थिए ।

दुबै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेपनि अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन् । 

अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अगाडि बढेको छ । 

एनबी बैंकमा बंगलादेशी साझेदार आईएफआईसी बैंक ढाकाको ४० दशमलब ८९ प्रतिशत सेयर रहेको छ । सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ । 

नबिल बैंकले प्रति कित्ता ४३ रुपैयाँका दरमा एनबी बैंक खरीद गर्न लागेको हो । मर्जर सफल भएपछि बैंक देशकै दोस्रो ठूलो पुँजी कोष भएको बैंक हुने छ । एकीकृत कारोबार नबिल बैंकको नामबाट हुने छ ।