काठमाडौं / माग अनुसार सार्वजनिक निष्कासन (आईपीओ) आवेदन नपर्दा अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले आवेदन दिने अवधि थप गरेको छ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पर्याप्त आवेदन नपरेपछि १५ दिन समय थपिएको हो । 

OM Sai Pathibhara Hospital

कम्पनीले आयोजन प्रभावित स्थानीय क्षेत्रका बासिन्दाका लागि बैशाख २२ गतेबाट जेठ ५ गते सम्मका लागि सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका स्थानीयका लागि अंकित मूल्यप्रति कित्ता १०० का दरले १३ लाख ५० हजार आईपीओ जारी गरेको थियो । 

उक्त आईपीओ आजसम्म  पर्याप्त आवेदन नपरेपछि दरखास्त दिने मिति २० गतेसम्मका लागि लम्बिएको हो। आयोजन प्रभावित क्षेत्रका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।