भद्रपुर / भद्रपुर नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका गणेश पोखरेल निर्वाचित भएका छन् । 

नेकपा एमालेका उम्मेद्वार असारु राजवंशीलाई दुई हजार ७६६ मतान्तरले पराजित गर्दै पोखरेल भद्रपुरको प्रमुख पदमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरेका छन् भने एमालेका राजवंशीले नौ हजार ७५९ मत ल्याएका छन् । राप्रपाका नवराज पनेरुले भने ६ हजार ३१० मत पाएका छन् । 

त्यस्तै उपप्रमुखमा राप्रपाकी र राधा कार्की निर्वाचित भएकी छिन् । उनले नौ हजार २३० मत प्राप्त गरेकी छिन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार राज भण्डारीले ८ हजार ५३३ मत पाएकी छिन् । 

यस्तै उपप्रमुखमा नेकपा एमालेका कौशल्या अधिकारीले आठ हजार ४०३ र जसपाका नुतन झाले ४३० मत प्राप्त गरेका थिए । 

यसैगरी भद्रपुर नगरपालिका वडा नम्बर –१, ९ र १० को वडाअध्यक्ष पदमा एमाले विजयी भएको छ भने वडा नम्बर –२, ५, ६ र ८ मा कांग्रेस, वडा नम्बर ३ र ७ मा राप्रपा र वडा नम्बर ४ मा माओवादीले जित हासिल गरेको छ ।