काठमाडौँ / सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) लागि फेरि आवेदन खुल्ला गरेको छ ।

मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुन: नयाँ आवेदन माग गरिएको हो ।   

OM Sai Pathibhara Hospital

यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । 

नयाँ सूचना अनुसार सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । 

उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

यस्तै, उक्त पदका लागि आर्थिक, बैंकिङ, बिमा वा वित्तीय क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा पाँच वर्षभन्दा बढीको कार्य अनुभव तोकिएको छ । 

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ९ (ग) बमोजिम अयोग्य नरहेको व्यक्ति हुनुपर्ने छ ।