इलाम / इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ र उपाध्यक्षमा नेकपा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् ।

अध्यक्षमा मणि कुमारले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

गाउँपालिका उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी काँग्रेसकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छन् । 

६ वटा वडा रहेको रोङ गाउँपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् । १ वडामा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।