काठमाडौं / चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा पहिलो पटक विद्युतीय कार नेपाल भित्र्याउने भएपछि नेपालमा इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज भएको छ । 

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज र आशाजन अवस्था आएको हो । 

OM Sai Pathibhara Hospital

सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको ‘होजन अटो न्यु इनर्जी भेइकल कम्पनी’ बाट सीजीले सो कार ल्याउने भएको हो ।

चार हजार ७० एमएम लम्बाइ , एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम भएको सो कार पहिलो पटक नेपाल भित्र्याउन लागिएको कम्पनीले जनाएको छ । 

टेस्लाको जस्तै डिजाइन भएको सो कारमा की-लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ (टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी-लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभरर प्यासेन्जर एयरब्याग आदि जस्ता अत्याधुनिक सुरक्षाका फिचर उपलब्ध छन् ।।

नेपाल आउने कारमा दुई ओटा फरक मोटर र ब्याट्री प्याकको विकल्प दिइएको छ । स्टान्डर्ड भेरियन्टमा ३१।१८ किलोवाट आवरको ब्याट्रीसँगै ४० किलोवाटको मोटर जडान गरिएको छ ।

त्यसैगरी, यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर जडान गरिएको छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्दछ ।