बिर्तामोड / स्थानीय तहको निर्वाचन लगतै सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।

आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) मध्यरातदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

OM Sai Pathibhara Hospital

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

मूल्य बढाएपछि पनि पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । 

हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।