काठमाडौं / चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले घटेको छ । 

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार टेलिकमले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्षको तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) मा टेलिकमको खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार पुगेको थियो । त्यस्तै , गत आवको तृतीय त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार थियो ।

चालु आर्थिक वर्षका सोही अवधिमा ७६ करोड ८२ लाख ५९ हजार अर्थात २ दशमलब ८ प्रतिशतले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार पुगेको छ । यसै अवधिमा कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रहेको थियो ।

चालु आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार अर्थात २ दशमलब ७२ प्रतिशतले वृद्धि भइ ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको जनाएको छ ।

कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तर आवद्धता सेवाको प्रयोगमा कमी हुँदा चालु आवमा खुद नाफा कमी आएको जनाएको छ ।