झापा / रिभर फल्स पावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।
जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ ४ गते हो।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले प्रवर्द्धन गरिरहेको पिलुवा खोला जलविद्युत आयोजनाको जडित क्षमता १०.३० मेगावाट छ।
रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने सात लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरी बाँडफाँड गरेको छ ।






































