काठमाडौं / मंगलबार नेपाली बजारमा ७०० रुपैयाँले छापावाल सुनको मूल्य घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य आज तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।




































