काठमाडौँ /  नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घलले जनाएको छ ।