एजेन्सी / भारतको बिहारमा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार एक सय रुपैयाँ नाघेको छ ।

बिहारको सिपौलमा एक सिलिण्डर ग्याँसको मूल्य एक हजार एक सय चार  रुपैयाँ तोकिएको छ ।

OM Sai Pathibhara Hospital

शनिबार प्रतिसिलिन्डर ५० रुपैयाँ बढेसँगै राजधानी दिल्लीमा ग्याँसको मूल्य नाै सय ९९.५० रुपैयाँ पुगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गत मार्चमा पनि सिलिण्डरको मूल्यमा ५० रुपैयाँ बढेको थियो ।

भारको पाँच राज्यमा चुनाव सकिएलगत्तै तेल कम्पनीहरूले २२ मार्चमा घरेलु सिलिण्डरको मूल्य ५० रुपैयाँ तोकेका थिए ।

यसबाट बिहार, मध्य प्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ किलो ग्याँस सिलिण्डरको मूल्य १००० रुपैयाँभन्दा माथि पुगेको थियो । 

दिल्लीमा १ मे २०२१ मा घरेलु ग्याँस सिलिण्डरको मूल्य ८०९ रुपैयाँ थियो । तर अहिले यस्तो मूल्य ९९९.५९ पुगेको छ ।

अर्थात् एक वर्षमा घरेलु ग्यास सिलिण्डरको मूल्य एक सय ३०.५० रुपैयाँले बढेको छ । भारतमा पेट्रोल र डिजेलको मूल्य पनि स्थिर नै छ ।