काठमाडौं / नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव रहेको पूर्वअर्थसचिव शंकर अधिकारीले बताएका छन् । अधिकारीले राज्यले पुँजीबजार सम्बन्धी लिएको नीति नै गलत भएको समेत बताएका छन् । 

उनले केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४-१२ को नीति गलत समयमा र हचुवाको भरमा आएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

उनले नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्नु गलत भएको भन्दै त्यसको चर्को टिप्पणी समेत गरेका छन् ।

बजार विकास हुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने अधिकारीको मान्यता रहेको छ ।