बिर्तामोड / नेपाल विद्युत् प्राधिकरणले भारतमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न टेन्डर आह्वान गरेको छ । 

प्राधिकरणले शुक्रबार टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव मागेको हो । 

OM Sai Pathibhara Hospital

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महीना ९२०७९ असार १७ देखि कात्तिक २९ गते० सम्म बिक्री गर्नेछ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त टे«डिङ कम्पनी, विद्युत् वितरण कम्पनी लगायतले विद्युत् खरीदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

बाँकी रहेको आइएक्समा बिक्री गर्ने र टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने समेत उनले बताएका छन् ।

नेपालबाट विद्युत् खरीद गर्न इच्छुक कम्पनीले आगामी जेठ १३ गते मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने भएको छ । 

ईच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरीदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ० प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्नेछ।